Home / भिडियो : / टि.एन.सिको निर्देशनमा खत्रिको ललिपप बजारमा | भिडियो सहित |

टि.एन.सिको निर्देशनमा खत्रिको ललिपप बजारमा | भिडियो सहित |

पोखरा, जेठ । टि.एन.सिको संगित तथा निर्देशनमा राष्ट्रिय म्युजिक भिडियो ललिपप सार्वजनिक भएको छ । मुलुकको पछिल्लो राजनीतिक गतिविधिले सामाजिक, सांस्कृतिक र आर्थीक क्षेत्रमा परेको प्रभावलाई म्युजिक भिडियो मार्फत उजागर गर्न प्रयास गरिएको निर्देशक टेक नारायण चापागाई ( टि.एन.सि) ले बताउनुभयो । उहाँका अनुसार बच्चाहरुलाई एउटा ललिपपको लोभमा फकाई फुलाई गरि भुलाउने प्रयत्न गरिए झै नेताहरु पनि विभिन्न प्रलोभनमा परि राष्ट्रहित भन्दा पार्टी तथा व्यक्तिगत स्वार्थलाई बढि प्राथामिकता दिएको पछिल्लो परिस्थितीलाई म्युजिक भिडियो मार्फत सचित्र प्रस्तुत गर्न खोजिएको छ । भिडियो प्रभावमा सामाजिक रुपमा सकारात्मक पर्ने अपेक्षा गरिएको उहाँले विश्वास व्यक्त गर्नुभयो । विगतमा मुलुकका हित विपरित भएका गतिविधिहरुलाई पनि सांकेतिक रुपमा प्रस्तुग गरिएको संगितकार समेत रहेका निर्देशक चापागाईले बताउनुभयो । निर्मल खत्रीको शब्द र चापागाईको संगितमा रहेको उक्त गितमा गायीका जुनु रिजाल काफ्ले र प्रदिप त्रिपाठीले स्वर दिएका छन् । थ्रिस्टार मिडिया तथा जनता डिजिटलको निर्माणमा रहेको उक्त म्युजिक भिडियोको छाँयाङ्कन पोखराको पर्यटकिय स्थल भलाम र फुलबारीमा गरिएको हो । दिपक गिरीको उत्कृष्ट छाँयाङ्कनमा निर्माण गरिएको उक्त म्युजिक भिडियोमा निसान एस.केले कोरियोग्राफी र अमृत चापागाईले सम्पादन गर्नुभएको छ । भिडियलाई गितकार निर्मल खत्रीले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गर्नुभएको हो ।

About googlepokhara