Home / खेलकुद / पार्दी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई फुटबल जर्सी सहयोग |

पार्दी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई फुटबल जर्सी सहयोग |

पोखरा १७ स्थित पार्दी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई फुटबल जर्सी सहयोग गरिएको छ । सोमबार विद्यालय प्राङ्गाणमा आयोजित एक कार्यक्रमका बिच जर्सी हस्तान्तरण गरिएको हो । विरौटा स्थित फ्रेण्ड्स हस्पिटालिटी म्यानेजमेन्ट एण्ड ल्याङ्ग्वेज इन्स्टिच्यूट र फ्रेण्डस क्याफेले जर्सी सहयोग गरेका हुन् । इन्स्टिच्यूटका सञ्चालक राजकुमार केसी र क्याफेका सञ्चालकद्धय कुश थापा एवं कमल गिरीले विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष शान्ता गुरुङलाई संयुक्त रुपमा जर्सी हस्तान्तरण गरे । विद्यार्थीहरुलाई खेलकुदमा समेत अग्रसर गराउनका लागि १६ थान जर्सी सहयोग गरिएको इन्स्टिच्यूटका सञ्चालक केसीले बताए ।

About googlepokhara