Home / अन्तराष्ट्रिय समाचार :

अन्तराष्ट्रिय समाचार :

ग्यास सिलिन्डर पड्किँदा १० जनाको मृत्यु

भारतको उत्तर प्रदेशको माउ जिल्लाको एक घरमा ग्यास सिलिन्डर पड्किँदा १० जनाको मृत्यु भएको छ । सोमबार बिहान उक्त घरमा ग्यास सिलिन्डर पड्किँदा दुई तले घर समेत भत्केको छ । त्यस घरमा अरु मान्छे पनि पुरिएको हुन सक्ने भन्दै उनीहरूको उद्धार कार्य जारी रहेको बिबिसीले जनाएको छ । घटनाको अनुसन्धान …

Read More »

कुर्द विद्रोही र दमास्कसबीच समझदारीको घोषणा

सिरिया– टर्की–सिरिया सीमाक्षेत्रमा टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि त्यस क्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन्। सिरियाको उत्तरी सीमावर्ती क्षेत्रमा कुर्दहरुको बाक्लो बस्ती छ । टर्कीले पृथकतावादीको आरोप लगाउँदै कुर्द–लक्षित भिषण आक्रमण थालेपछि अप्रत्यासित रुपमा नयाँ सम्झौताको घोषणा गरिएको हो । टर्कीको उक्त सैन्य कारबाहीप्रति अन्तर्राष्ट्रिय …

Read More »

जापानका नागरिक ६० वर्ष यताकै शक्तिशाली आँधी हगिविससँग जुधिरहेका छन् ।

जापानका नागरिक ६० वर्ष यताकै शक्तिशाली आँधी हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले बचाउ तथा सफाई अभियान सञ्चालन भइरहेका छन् । हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्रोडकाष्टिङ संस्था एनएचकेले जनाएको छ । त्यस्तै १७ जना हराइरहेका छन् भने आँधीका कारण १८९ घाइते भएका छन् । देशको …

Read More »

चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण तालिका यस्तो छ

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो । यस्तो छ भ्रमण तालिका चिनियाँ राष्ट्रपति सी शनिबार बेलुकी ४ः३० बजेदेखि ५ः३० बजेको …

Read More »

इथियोपियाका प्रधानमन्त्री अलीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिने

यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ । शान्ति र अन्तर्राष्ट्रिय सहकार्य जुटाउन गरेको प्रयासका लागि उनलाई यो अवार्ड प्रदान गर्न लागिएको हो । सन् १०९८ देखि २००० सम्म चलेको सीमायुद्धपछि २० वर्षसम्म चलेको सैन्य गतिरोध अन्त्य गर्दै गत वर्ष इथियोपिया र इरिट्रियाबीच …

Read More »

अमेरिकामा ट्रम्प प्रशासनद्धारा गत जुलाइमा राष्ट्रपतिले गरेका टेलिफोन कुराकानी विवरणको सारांश सार्वजनिक

अमेरिकामा ट्रम्प प्रशासनले गत जुलाइमा राष्ट्रपतिले गरेका टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध महाअभियोग लागाउन औपचारिक अनुसन्धानको प्रक्रिया सुरु भएको घोषणा गरेलगत्तै ह्वाइटहाउस प्रशासनसले टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको हो । जसमा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी …

Read More »

हङकङ आन्दोलनमा प्रहरीले धरपकड गर्दा थुप्रै प्रदर्शनकारी घाइते

हङकङमा लोकतन्त्र पक्षधरहरुले गरेको आन्दोलनमा प्रहरीले धरपकड गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शकारीहरुले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । प्रदर्शन गर्न रोक लगाइएका ठाउँहरुमा आन्दोलनकारीले र्याली निकालेपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्याँस …

Read More »

अफगानिस्तानका सरकारी सुरक्षाकर्मी समक्ष ४१ तालिबान लडाकूद्धारा आत्मसमर्पण

अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष ४१ तालिबान लडाकूहरुले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त तखारमा लडाकूहरुले आत्मसमर्पण गरेका गृह मन्त्रालयद्वारा शनिबार जानकारी दिएका छन् । स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा तखार प्रान्तको वार्साज जिल्लामा ती लडाकूहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका हुन,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ । आफूहरुसँग भएको हातहतियार …

Read More »

आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्विकार

बेलायती सांसदहरुले आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्विकार गरेका छन । प्रधानमन्त्री जोनसनको निर्वाचन गराउने प्रस्तावलाई सांसदहरुले फेरि पनि अस्विकार गरेका हुन् । प्रधानमन्त्री जोनसनले निर्वाचन गराउनका लागि संसदमा लगेको यो दोस्रो प्रस्ताव हो । निर्वाचन गराउनका लागि संसदमा त्यसको प्रस्तावमा तल्लो सदनको ४३४ मतको आवश्यकता पर्छ । …

Read More »

हङकङका प्रदर्शनकारीहरूले अमेरिकाको राष्ट्रिय गान गाएर राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहयोगको अपिल गरेका छन्।

हङकङका प्रदर्शनकारीहरूले अमेरिकाको राष्ट्रिय गान गाएर राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहयोगको अपिल गरेका छन्। आइतबार बिहान हजारौं हङकङवासीले अमेरिकी महावाणिज्य दूतावास अघि गएर अमेरिकाको राष्ट्रिय गान गाउँदै चीन सरकारबाट मुक्त गराइदिन आग्रह गरेका हुन्। प्रदर्शनकारीहरुले अमेरिकाको झण्डा बोकेका थिए। उनीहरूले बोकेको ब्यानरमा ‘राष्ट्रपति ट्रम्प कृपया हङकङलाई स्वतन्त्र बनाइदिनुस्’ भन्ने लेखिएको थियो। …

Read More »