Home / खेलकुद / १३ औं दक्षिण एशियाली खेलकुदका लागि नेपाल ब्याडमिन्टन संघद्धारा खेलाडी छनोट

१३ औं दक्षिण एशियाली खेलकुदका लागि नेपाल ब्याडमिन्टन संघद्धारा खेलाडी छनोट

१३ औं दक्षिण एशियाली खेलकुदका लागि नेपाल ब्याडमिन्टन संघले खेलाडी छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनौट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट गरिएको संघका सचिव नविन बिक्रम शाहले जानकारी गराए । आठौं राष्ट्रिय खेलकुदबाट पहिलो चरणमा छनोट भएका १७ पुरुष र १७ महिला खेलाडीहरुलाई बन्द शिविरमा राखी प्रशिक्षण दिँदै आएकोमा अन्तिम चरणका लागि १० पुरुष र १० महिला खेलाडी छनोट गरिएको शाहले जानकारी गराए । सोमबारबाट सुरु भएको छनोट प्रतियोगिताबाट पुरुष तर्फ रत्नजित तामाङ्ग, दिपेश धामी, बिकास श्रेष्ठ, प्रिन्स दाहाल, नविन श्रेष्ठ, प्रफुल महर्जन, सुनिल जोशी, बिष्णु कटुवाल, जीवन आचार्य र साजन कृष्ण ताम्राकार छनोट भएका छन् । यस्तै महिला तर्फ नङ्गशल तामाङ्ग, रशिला महर्जन, जेशिका गुरुङ्ग, सिमा राजबंशी, पुजा श्रेष्ठ, अनुमाया राई, अमिता गिरी, सिता राई, निता लम्साल र शोभा गौचन रहेका छन् । खेलाडीहरुलाई साग प्रतियोगिताको तयारीका क्रममा बाँकी समय पोखरामा बन्द प्रशिक्षण दिईने छ । १३ औं सागमा ब्याडमिन्टनको प्रतिस्पर्धा पोखरा रङ्गशालास्थित बहुउद्घेशिय कभर्डहलमा हुने कार्यक्रम रहेको छ ।

About googlepokhara