Home / समाचार / वृन्दावनधामको औपचारिक घोषणा कार्यक्रम सम्पन्न

वृन्दावनधामको औपचारिक घोषणा कार्यक्रम सम्पन्न

वृन्दावनधामको एक समारोहका विच भव्य औपचारिक घोषणा भएको छ । धामको घोषण गर्दै प्रमुख अतिथि सद्यीय सांसद तथा पुर्व स्वास्थ्य मन्त्री माननीय खगराज अधिकारीले यति ठुलो परियोजना अगाडी सारेकोमा आयोजकलाई बधाई व्यक्त गर्नुभयो । उहाँले लेखनाथ ३१ मा रहेको डाडाँमा वृन्दावन धाम बनाउने हुँदा यसले धार्मिक पर्यटनको विकास गर्ने समेत बताउनुभयो । यति राम्रो कार्यको सुरुवात गरेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रमका विशेष अतिथि भागवत् भाष्कर कमल नयनले संस्थाको परिकल्पना अनुसारको काम गर्नका लागि अघि बढ्न अनुरोध गर्दै आफ्नो सदैव साथ रहने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले हाम्रो धर्म संस्कार संस्कृति हाम्रो देशमा भन्दा बढी पश्चिमाहरुले अगाल्दै आएको बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरपालिका भित्र त्यति भव्य धाम बन्नु हामी सवैको गौरवको कुरा रहेको बताउँदै कानुनी मापदण्डमा आउने समस्याको समाधानका लागि सहजीकरण गर्ने बताउनुभयो । पुर्व उद्योग राज्य मन्त्री अम्मरराज कैनीले वृन्दावन धाम बनाउने यो महाअभियानमा आफनो पनि साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । पुर्व सांसद तथा धार्मिक चिन्तक शुक्रराज शर्माले हाम्रा धर्म संस्कार संस्कृति हाम्रो पहिचान रहेको हुदा यसको संरक्षणमा लाग्नुपर्ने बताउँदै यसमा आफ्नो सदैव साथ रहने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेपाली काग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, पोखरा महानगरपालिकाका वडा नम्वर ३१ का वडा अध्यक्ष कमल थापा, विश्व हिन्दु महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष बेदनिधि शर्मा, धार्मिक व्यक्तित्व धु्रव अधिकारी, लगायतले बोल्नुभएको थियो । वृन्दा वन धामका अध्यक्ष विश्वराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतव्य संस्थाका सक्रिय व्यक्तित्व वेदहरि तिमिल्सेना र संचालन दुर्गा अधिकारीले गर्नुभएको थियो ।

About googlepokhara