Home / खेलकुद / पोखरामा सहासिक खेल पर्यटनको प्रबद्र्धन गर्न क्रस कन्ट्री दौड हुने

पोखरामा सहासिक खेल पर्यटनको प्रबद्र्धन गर्न क्रस कन्ट्री दौड हुने

पोखरामा सहासिक खेल पर्यटनको प्रबद्र्धन गर्न असोज २९ गते अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपालको पर्यटनको सिजनमा पर्यटकीय गतिविधिलाई थप प्रबद्र्धन गर्न उक्त प्रतियोगिता नेपालको पोखरामा पहिलो पटक गर्न लागिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विश्वशंकर पालिखेले बताए । प्रतियोगितामा करिब ४० जना चाइनिच धावक सहित नेपालका तीन विभागीय (नेपाल पुलिस, नेपाली सेना र शसस्त्र प्रहरी वलको एपिएफ) का करिब ३० जना धावक सहभागि हुने अपेक्षा गरिएको संयोजक पालिखेले बताए । उनका अनुसार प्रतियोगितामा तीन जना मध्य एक महिला अनिवार्य हुनुपर्ने प्राबधान राखिएको छ । प्रतियोगितामा ४२.२ किलोमिटरको दौड निर्धारण गरिएको छ । उक्त प्रतियोगितामा २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङको दुरी निर्धारण गरिएको संयोजक पालिखेले जनाए । उक्त प्रतियोगिताको अवसरमा चाइनिज चर्चीत धावकहरुको साथमा विभिन्न संचार माध्यमका कार्यरत पत्रकारको टोली समेत पोखरा आउने भएकोले पोखरा क्षेत्रको पर्यटन एवं प्रचार प्रसारमा धेरै मद्धत पुग्ने भएको संयोजक पालिखे जनाए । गण्डकी प्रदेश सरकारले हाल मनाउदै गरेको आन्तरिक भ्रमर्ण बर्ष सन् २०१९ , नेपाल सरकारले नेपाल भ्रमण बर्ष सन् २०२० घोषणा गरेसंगै उक्त कार्यक्रमलाई सफल पार्न उक्त कार्यक्रम थप मद्धत पुग्ने उनले जनाए । उक्त प्रतियोगितामा विजेता खेलाडीहरुको टोलीलाई ट्रफीको साथमा प्रमाण पत्र वितरण गरिने भएको छ । नेपाली खेलाडीहरुको हकमा भने विजता प्रथम, दोश्रो र तेश्रो हुने टिमका ९ जना खेलाडीहरुलाई अन्तराष्ट्रिय माउण्टेन रेसमा सहभागि गराइने भएको छ । उनले भने “पोखरालाई मित्रराष्ट्र चीनको पर्यटकीय बजारमा परिचित गराउन र विश्वमै घुम्न जाने संस्कृतिको विकास हुदै गरेको देशबाट पोखरामा पर्यटक भित्राउन मेघा इभेण्टको आयोजना गर्न लागेका हौं, यदि सवैको साथ र सहयोग पाएमा आगामी बर्षमा यसलाई हामीले निरन्तरता दिने छौं ।” पोखरा उद्योग बाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउन्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियसनको आयोजना एवं पोखरा र कुन्मिन महानगरपालिकाको संरक्षकत्वमा विभिन्न संघ÷संस्थाहरुको सहकार्यमा उक्त प्रतियोगिता हुने भएको संयाचेजक पालिखेले बताएए । उक्त प्रतियोगितालाई नेपाल पर्यटन वोर्डले प्रबद्र्धन गरेको छ भने एथलेक्ट सोसाइटी काठमाण्डांैं, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लव लगायतका संघ संस्थाको सघाउने भएको उनले जनाए । गण्डकी प्रदेशका सांसद दीपक कोइराला रुपकले प्रदेश सरकारले पोखराको सहासिक खेल पर्यटन प्रबद्र्धनमा ध्यान दिने भएकोले यस्ता प्रतियोगितालाई केही सहयोग गर्ने भएको जनाए । यस्ता इभेण्ट निरन्तर हुन सके खेल पर्यटकीइ गतिविधि बढ्ने उनले विश्वास व्यक्त गरे । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पोखरा क्षेत्रमा पर्यटकको बसायी अवधि कम भएकोले यस्ता खेलकुद गतिविधिले बसायी अवधि लम्वने बताए । चाइनमा एक सय किलोमिटर दौडमा हुने उक्त प्रतियोगिता नेपालमा ४२ किलोमिटरमा हुने हुदा यसबाट नेपालको दुई देश बिच सम्वन्ध प्रगाढ हुदै पोखरा क्षेत्रको पर्यटन समेत प्रबद्र्धन हुने अपेक्षा गरिएको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष यम बहादुर गुरुङले बताए । प्रतियोगिता पोखराको बाराहीघाट देखि सुरु भई गौरीघाट, ड्यामसाइड, डेबिडफल्स, छोरेपाटन हुदै फुर्सेखोला, मट्टीखान, कुभिण्डे, पुम्दी भुम्दीको उल्लेरी लुकुन्स्वारा, शान्ति स्तुपा हुदै पुनः लिचिबोर्ट देखि पुनः बाराहीघाटमा पुगेर समापन हुने भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । चाइनिज धावकहरुको अधिकाशं खर्च चाइनाबाट हुने भएको छ भने उनीहरुलाई पोखरामा आवासिय सहितको खानाको लागि मात्र स्थानिय रुपमा व्यबस्थापन गर्नुपर्ने भएको छ ।

About googlepokhara