Home / अर्थतन्त्र / नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता

नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता

नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको क्यानडास्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो । नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो । पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट सात उडान गर्न सक्ने छन् । नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमतामा र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ । यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नु पर्नेछ ।

About googlepokhara