Home / अर्थतन्त्र / नेपाल टेलिकमद्धारा ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालन

नेपाल टेलिकमद्धारा ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालन

सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । बुधबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो । प्रधानमन्त्री ओली मुलुकको बिकासमा ढिलासुस्ती स्वीकार हुन नसक्ने बताउनुभयो । अप्टीकल फाइवरको काम पनि छिटो गर्न निर्देशन दिदै उहाले ढिलाई गरेर मुलुकलाई नोक्सानी गर्नेकाम पनि स्वीकार्य नहुने बताउनुभयो । उहाले लापरवाही भए त्यसलाई हटाई समयमानै काम सम्पन्न गर्नुपर्ने जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सञ्चार क्षेत्रको बिकासमा बाधा उत्पन्न गर्नेलाई कारवाही गर्न सञ्चारमन्त्रालयलाई निर्देशन पनि दिनुभयो । बिकासको बाटोबाट देशलाई व्यवधान गर्ने बिषयमा सवै सजक हुनुपर्ने उहाको भनाई छ । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो । त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ । सातै प्रदेशका मुख्यमुख्य शहरमा फोरजी सेवा विस्तार गरिएको छ । गत असार मसान्तको विवरणअनुसार हाल टेलिकमका ग्राहक दुई करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या मात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

About googlepokhara