Home / पर्यटन / देशभित्रको हवाइ यातायातको क्षेत्रलाई प्रवद्र्धन गर्ने पर्यटनमन्त्री भट्टराईको प्रतिवद्धता

देशभित्रको हवाइ यातायातको क्षेत्रलाई प्रवद्र्धन गर्ने पर्यटनमन्त्री भट्टराईको प्रतिवद्धता

पर्यटन प्रवद्र्धनका लागि भन्दै अन्तर प्रदेश भ्रमणमा निस्किएको गण्डकी प्रदेशको टोलीले बुधबार काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गर्दै गण्डकी प्रदेशको भ्रमण गर्न निम्तो दिएको छ । प्रदेश भ्रमणमा अन्तर प्रदेश भ्रमणमा निस्किएको गण्डकी प्रदेशको टोलीले काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गरेको हो । प्रदेश घुम्न पाहुनालाई निमन्त्रणा गर्ने योजनासहित सरकारी अधिकारी, पर्यटन व्यवसायी, कलाकार र सञ्चारकर्मीसहितको ५० जनाको प्रवद्र्धन टोली पोखरा भैरहवा बीरजंग हुदै काठमाडौ आइपुगेको थियो । टोलीले सांस्कृतिक कार्यक्रम, प्रदेशको पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुति, प्रदेशका आकर्षक ११० पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनी गरेको थियो । कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले देशभित्रको हवाइयातायातको क्षेत्रलाई प्रवद्र्धन गर्ने बताउनुभयो । नेपालमा आन्तरिक बिमानस्थल निर्माण गर्ने पनि सरकारका तयारी रहको उहाले बताउनुभयो । टोलीले बुटबल, नवलपुर, भरतपुर, वीरगञ्ज, विराटनगर, विर्तामोडलगायत स्थानमा सरकारी अधिकारी, निजी क्षेत्र, सञ्चारकर्मी र व्यवसायीसँग छलफल गरी गण्डकीमा घुम्नका लागि आग्रहसहितको निमन्त्रणा पत्र प्रदान गरेको थियो । टोली असोज १६ गते पोखरा फर्कने कार्यक्रम रहेको छ ।

About googlepokhara