Home / समाचार / दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १८ लाख भन्दा बढि यात्रु बाहिरिए

दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १८ लाख भन्दा बढि यात्रु बाहिरिए

दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १८ लाख भन्दा बढि यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि शुक्रबार बिहानसम्म १८ लाख भन्दा बढि यात्रु बाहिरिएको जनाएको हो । शनिबारबाट फूलपाती सुरु हुने भएकाले यो संख्या शुक्रबार र शनिबार निकै बढ्ने अनुमान गरिएको छ । नागढुङ्गा क्षेत्र लगाएतका नाकामा गाडीको जामलाई मध्यनजर गरी प्रहरी निरीक्षककै नेतृत्वमा ट्राफिक व्यस्थापन मिलाइएको महाशाखाले जनाएको छ । चाडबाडमा बढी भाडा लिने र यात्रुलाई दुःख दिनेको निगरानी र कारवाहीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । यता सवारी चालकहरुले पनि यातायात कम्पनीको नियमानुसार नै सिटभन्दा बढि यात्रु नराखि यात्रा गराइएको बताएका छन् । तर यात्रुहरुले आफुहरुले घर जान गाडी नै नपाएको र भएको गाडीमा पनि निकै कष्टपुर्ण यात्रा गर्न बाध्य भएको गुनासो गरेका छन् । दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने क्रममा यात्रुहरु चर्को भाडा तिर्न बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ ।

About googlepokhara