Home / अर्थतन्त्र / कस्यप सहकारीको अध्यक्षमापुनःसितादेवि सुवेदी

कस्यप सहकारीको अध्यक्षमापुनःसितादेवि सुवेदी

कस्यप बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनले पुनः सीतादेवि सुवेदीको अध्यक्षतामानयाँकार्यसमितिचयन गरेको छ । मंगलबार पोखरामा सम्पन्नभएको अधिवेशनबाट उपाध्यक्षमालीलाधर चपाईँ,सचिवमानगेन्द्र प्रसाद सुवेदी, कोषाध्यक्षमा महेन्द्रराजदाहालचयनभएका छन् । सदस्यहरुमाशोभाअधिकारी, पम्फागिरी, सरस्वतीअधिकारी, रामभक्त पाठक, प्रभा सुवेदी र शान्तातिमिल्सनाचयनभएको सहकारीकाव्यवस्थापकबामदेव सुवेदीले जानकारी दिए । संस्थाको लेखा संयोजकमागौतम पौडेल चयनभए । सो अवसरमाअध्यक्षसितादेवि सुवेदीले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, महेन्द्रराजदहालले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजकगौतम पौडेलले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन साधारणसभाले पारित गरेको छ । अधिशेवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद मित्रकुमारी गुरुङ सुवेदीले सहकारीहरुले छरिएर रहेको पुँजीलाई एकिकृत गरी उत्पादनमूलककार्यमालाग्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताईन् । सानो तिनो आयआर्जनमालाग्ने महिलाहरुकालागि सहकारीले निकै सहजबनाएको उनको भनाई थियो । कार्यक्रममाबोल्दै पोखरा महानगरपालिकाकाकार्यपालिका सदस्य सन्तु सुवेदीले एक सहकारी एक शेयर सदस्यको अवधारणा छिटै लागू हुनुपर्नेमाजोड दिईन् । उनले शेयर सदस्यहरुले सहकारीको साधारणसभामा मात्रनभई अन्य समयमापनि सहकारीकाकामहरुबारे जानकार भईरहनुपर्ने बताईन् । सो अवसरमाबोल्दै एमाले कास्कीकाकार्यसमिति सदस्यदामोदर बैरागीले सहकारीका सात सिद्धान्तको अक्षरस पालनागर्दै यसको मर्म बुझेर शेयर सदस्यहरु क्रियाशिलहुनुपर्नेमाजोड दिए । व्यवसायीएवं संस्थाका सल्लाहकार यदु अधिकारीले सहकारीले उत्पादनमूलकउद्योगहरुमालगानीगर्नुपर्ने आवस्यकताऔल्याए । कार्यक्रममा शेयर सदस्यको तर्फबाट डा. सरोज पोखरेल, सल्लाहकार बच्चुरामतिवारी लगायतले बोलेकाथिए । सो अवसरमाउत्कृष्ठ ऋणी, उत्कृष्ठ बचतकर्ता, शेयर सदस्यका छोराछोरी मध्य एस ई ई परिक्षामाउत्कृष्ठ ग्रेड ल्याउन सफलविद्यार्थीहरु, उत्कृष्ठ बालबचतकर्ता, तथाउत्कृष्ठ ज्येष्ठ नागरिक बचतकर्तालाई समेत सम्मानगरिएको थियो । नयाथपिएका शेयर सदस्यहरुलाई शेयर सदस्यको प्रमाणपत्र प्रदानगरिएको थियो । सहकारीकाअध्यक्षसितादेवी सुवेदीको अध्यक्षतामाभएको उक्तकार्यक्रममालिलाधर चपाईँले स्वागतमन्तव्यव्यक्त गरेकाथिएभने सञ्चालन सचिवनगेन्द्रप्रसाद सुवेदीले गरेकाथिए ।

About googlepokhara