Home / पर्यटन / उपत्यका बाहिर घर भएकाहरु दशैँ मनाउन जाने क्रम ह्वातै बढ्यो

उपत्यका बाहिर घर भएकाहरु दशैँ मनाउन जाने क्रम ह्वातै बढ्यो

उपत्यका बाहिर घर भएकाहरु दशैँ मनाउन जाने क्रम ह्वातै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकाबाट एक लाख ५६ हजार यात्रु बाहिरिएका छन् । २४ घण्टामा ६० हजार यात्रु काठमाडौं भित्रिएका छन् भने आठ हजार गाडी भित्रिएका छन् । १३ हजार गाडी बाहिरिएका छन् । सवारी साधन बाहिरिने क्रम बढेसँगै उपत्यकामा आइतबारबाट सवारी चाप घट्दो क्रममा रहेको प्रहरीले जनाएको छ । घटस्थापनासँगै उपत्यकामा स्कूल, कलेज बन्द भएकाले सवारी चापको समस्या कम हुने प्रहरीको भनाइ छ । उपत्यकाको सवारी व्यवस्थापन गर्न प्रहरीले ३ सय ६८ स्थानमा सवारी जाँच गरिरहेको जनाएको छ । बसपार्कका विभिन्न नाकाका १५ स्थानमा विशेष चेकजाँचको व्यवस्था समेत गरिएको छ ।

About googlepokhara